रेवा फाउन्डेसन नेपालले विपन्न विद्यार्थीलाई पढाउने

खैरहनी, ३० चैत । खैरहनीमा रहेको रेवा इन्टरनेशनल एकाडेमीद्वारा सञ्चालनमा ल्याइएको रेवा फाउन्डेसन नेपालले विद्यार्थीहरुलाई पढाउने भएको छ । फाउन्डेसनले गरिब र विपन्न परिवारलाई पढाउने भएको हो । संस्थाले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि फाउन्डेसनको उद्घाटन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रहेकी बागमती प्रदेशसभा सदस्य कञ्चन खनालले फाउन्डेसनको उद्घाटन गरेकी हुन् । न्यून […]

जन्मदिनमा चेपाङ बालबालिकालाई शैक्षिक सामग्री

भरतपुर, ३० चैत । पत्रकार तथा कथाकार वसन्त पराजुलीले आफ्नो जन्मदिनमा चेपाङ समुदायका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् । चैत ३० गते बुधबार जन्मदिन परेका पराजुलीले रत्ननगरस्थित गामबेशी चेपाङ छात्रावासमा रहेका विद्यार्थीलाई कापी, कलमसहित बालपत्रिका मुना उपलब्ध गराएका हुन् । गोरखापत्र दैनिकका पत्रकार पराजुलीलाई अघिल्लो साता मात्रै नेपाल ह्याचरी संघ बागमती प्रदेश समितिले सम्मान […]

अर्किड स्कूलमा नि:शुल्क स्वास्थ्य शिविर

भरतपुर, ३० चैत । अर्किड स्कूल भरतपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कक्षा १ देखि ३ सम्मका ३७५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । भरतपुर सामुदायिक अस्पतालको चिकित्सक टोलीले दन्तरोग तथा बालरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । भरतपुर सामुदायिक अस्पतालकी नर्सिङ प्रमुख मीना कँडेल र वरिष्ठ दन्तरोग विशेषज्ञ डा. कृष्ण रेग्मीको […]

राप्रपा चितवनको आमसभामा ५० हजार जनता उतार्ने तयारी

भरतपुर, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागी हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने बताए । आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, […]

एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

भरतपुर, ३० चैत । नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ । वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको जानकारी ट्विटमार्फत् दिएका छन् । एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे […]

चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा ५ जना घाइते

भरतपुर, ३० चैत । खैरहनी नगरपालिका-९ बैरहनीमा बुधबार बिहान दुर्घटना भएको छ । बिरगंजबाट टाँडीतर्फ आउँदै गरेको लु १ ख ६४१८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ख ३४३२ नम्बरको आइचर ट्रक एक आपसमा ठक्कर खाएका हुन् । बैरहनी स्थित साइबाबा पेट्रोल पम्प अगाडि सो दुर्घटना भएको हो । […]

भरतपुर महानगरका निर्वाचन अधिकृत फेरिए

भरतपुर, ३० चैत । भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरिएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश थिए […]

कमल थापाकी छोरी प्रतिष्ठाले छाडिन् राप्रपा

भरतपुर, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले पार्टी परित्याग गर्नु परेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी […]

माओवादीले हटायो चुनावी पोस्टरबाट कुलमानको तस्बिर

भरतपुर, ३० चैत । नेकपा माओवादी केन्द्रले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो । कुलमानको फोटो प्रयोग भएकोमा आलोचना र बिरोध भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा […]

माओवादीको चुनावी पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

काठमाडौं, ३० चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनुमतिबिना माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बताएका छन् । तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको उनले जानकारी दिए । घिसिङले भने, ‘मलाई यो विषयमा सोधिएको थिएन । सञ्चारमाध्यममा आएपछि थाहा पाएको हुँ । मेरो फोटो हटाउन आग्रह गरिसकेको छु ।’ माओवादीले […]

माओवादीले चुनावी पोस्टरमा राख्यो कुलमानको तस्बिर

भरतपुर, ३० चैत । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ […]

सत्ता गठबन्धनको सिट बाँडफाँडका सात आधार

काठमाडौं, ३० चैत । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले तल्ला संयन्त्रलाई मिति नै तोकेर जिम्मेवारी दिएको छ । बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न संयन्त्रले गर्ने काम तोकेको हो । महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । नगरपालिका र […]

सेना परिचालन गर्ने बाटो खुल्यो

भरतपुर, ३० चैत । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन […]