माओवादीले हटायो चुनावी पोस्टरबाट कुलमानको तस्बिर

भरतपुर, ३० चैत ।
नेकपा माओवादी केन्द्रले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।

कुलमानको फोटो प्रयोग भएकोमा आलोचना र बिरोध भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका हुन् ।

अहिले उक्त पोस्टरमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको #VoteForCPNMaoist’ मात्रै छ भने तस्बिर हटाइएको छ ।

प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै आज बिहान चुनावी पोष्टर सार्वजनिक गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट