रेवा फाउन्डेसन नेपालले विपन्न विद्यार्थीलाई पढाउने

खैरहनी, ३० चैत ।
खैरहनीमा रहेको रेवा इन्टरनेशनल एकाडेमीद्वारा सञ्चालनमा ल्याइएको रेवा फाउन्डेसन नेपालले विद्यार्थीहरुलाई पढाउने भएको छ । फाउन्डेसनले गरिब र विपन्न परिवारलाई पढाउने भएको हो ।

संस्थाले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि फाउन्डेसनको उद्घाटन गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रहेकी बागमती प्रदेशसभा सदस्य कञ्चन खनालले फाउन्डेसनको उद्घाटन गरेकी हुन् । न्यून आर्थिक स्रोतका कारण पढ्न नपाएका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले फाउन्डेसन सञ्चालनमा ल्याइएको हो ।

रेवा इन्टरनेशनल एकाडेमीले मुख्य गरि जापान जान चाहने विद्यार्थीका लागि भाषाको कक्षा सञ्चालन गर्नुका साथै परामर्श दिने काम गर्दै आएको छ । बुधबार एकाडेमीमा अध्ययन गरि भिसा तथा सिओई आएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा संस्थाकी शिक्षक श्रेया बजगाई सम्मानित भएकी छिन् । संस्थालाई उनले गरेको योगदानको कदर गर्दै उनलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

कार्यक्रमको विशिष्ट अतिथि खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँ रहेका थिए । डायनामिक एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सन्तोष लोहनी र नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका प्रमुख केशव सेढाई अतिथिको रुपमा उपस्थित भएका थिए । संस्थाका प्रबन्ध निर्देशक गोकर्ण अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सबैको साथ र सहयोगले फाउन्डेसनको जन्म भएको बताए । साथै उनले भिसा लागेका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट