माओवादीले चुनावी पोस्टरमा राख्यो कुलमानको तस्बिर

भरतपुर, ३० चैत ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।

लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो नि:शुल्क बिजुलीको’ लेखेर प्रचण्डको फेसबुकबाट माओवादीले चुनावी प्रचार गरेको छ। उक्त पोस्टरमा अँध्यारोबाट उज्यालोतर्फको यात्रा लेखिएको छ ।

प्रचण्डको फेसबुकबाट यो पोस्टर आज बिहान सार्वजनिक भएपछि माओवादी नेता/कार्यकर्ताले आफ्नो वालमा सेयर गर्न थालेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट