चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा ५ जना घाइते

भरतपुर, ३० चैत ।
खैरहनी नगरपालिका-९ बैरहनीमा बुधबार बिहान दुर्घटना भएको छ । बिरगंजबाट टाँडीतर्फ आउँदै गरेको लु १ ख ६४१८ नम्बरको डिजल लोड ट्याङ्कर र विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ख ३४३२ नम्बरको आइचर ट्रक एक आपसमा ठक्कर खाएका हुन् ।

बैरहनी स्थित साइबाबा पेट्रोल पम्प अगाडि सो दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भैरहेको छ । दुर्घटनामा आइचरका ट्रक चालक भरतपुर महानगरपालिका १२ स्थायी घर भएका वर्ष ५० का गजेन्द्र कुमालको खुट्टामा गम्भीर चोट लागेको छ भने आइचरमा सवार रोल्पा जिल्ला रुञ्चीगढी गाउँपालिका १ बस्ने वर्ष २२ का नवराज परियारको निधार र खुट्टामा सामान्य चोट लागेको छ। त्यस्तै आइचरमै सवार जिल्ला दाङ राजापुर गाउँपालिका ६ बस्ने वर्ष २८ का जीत बहादुर बुढाको हात र खुट्टामा चोट लागेको छ भने सोहि गाडीमा सवार रोल्पा जिल्ला रुञ्चीगढी गाउँपालिका ९ बस्ने वर्ष १९ का प्रकाश कामीको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्याङ्कर चालक रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका १६ बस्ने वर्ष ३६का मनोहर दगुरिया थारुको खुट्टामा सामान्य चोट लागेको छ । दुर्घटना भएका सवारी साधनहरु यथास्थानमै छन् भने ऐले बाटो दुईतर्फी नै खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट