भरतपुर, ३० चैत ।
भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरिएको छ ।
पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।
अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश थिए ।
आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले सूचनामार्फत जानकारी दिएको छ ।





