कमल थापाकी छोरी प्रतिष्ठाले छाडिन् राप्रपा

भरतपुर, ३० चैत ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले पार्टी परित्याग गर्नु परेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । उनी हाल राप्रपा नेपालको अध्यक्ष छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट