अर्किड स्कूलमा नि:शुल्क स्वास्थ्य शिविर

भरतपुर, ३० चैत ।
अर्किड स्कूल भरतपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कक्षा १ देखि ३ सम्मका ३७५ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । भरतपुर सामुदायिक अस्पतालको चिकित्सक टोलीले दन्तरोग तथा बालरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ ।

भरतपुर सामुदायिक अस्पतालकी नर्सिङ प्रमुख मीना कँडेल र वरिष्ठ दन्तरोग विशेषज्ञ डा. कृष्ण रेग्मीको संयोजकत्वमा संचालित उक्त स्वास्थ्य शिविरमा डा. रेखाकुमारी गु्प्ता र डा. सपन अधिकारी तथा नर्सद्वय सोनी थापामगर र अमृता चौधरीको स्वास्थ्य टोलीले बालबालिकाहरुलाई स्वास्थ्य परीक्षण गरिएको स्कुलका सह-प्राचार्य ओमराज मैनालीले बताए ।

भरतपुर सामुदायिक अस्पतालले विगतका वर्षहरुमा पनि विद्यार्थीहरुका लागि यसैगरी नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्न सहयोग पुर्‍याइरहेको मैनालीले बताए । अस्पताल प्रशासन र चिकित्सक टोलीलाई अर्किड स्कूलका प्रबन्ध निर्देशक गोपाल पराजुलीले धन्यवाद ज्ञापन सहित खादा, मायाको चिनो र प्रमाण पत्र प्रदान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट