एमसीसी सम्झाैता संसद्बाट बहुमतले पारित

काठमाडौँ, १५ फागुन । अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता संघीय संसद्काे प्रतिनिधिसभाबाट बहुमतले परित भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिकांश सांसदले उक्त एमसीसी सम्झाैताकाे पक्षमा समर्थन जनाएपछि बहुमतले पारित भएकाे हाे । सभामुख अग्निप्रसाद सापकाेटाले समर्थन जनाउने सांसदकाे बहुमत रहेकाेले एमसीसी सम्झाैता बहुमतले पारित भएकाे घाेषणा गरे । त्यसअघि मन्त्रिपरिषद्ले […]
एमसीसी: संसद्मा पेस भएको १२ बुँदे व्याख्यात्मक घोषणामा के छ ?
भरतपुर, १५ फागुन । अमेरिकी अनुदान सम्झौता एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणा आइतवार संसद् बैठकमा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको घोषणामा घोषणामा रहेका १२ बुँदाहरू यस प्रकार छन् : १. कम्प्याक्टको पक्ष भएका कारण नेपाल अमेरिकाको इण्डो प्यासिफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन […]
रत्ननगरमा सोमबारदेखि चिकेन एण्ड एग फुड फेष्टिबल
फागुन १५,रत्ननगर । रत्ननगरमा सोमबारदेखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुँदैछ । रत्ननगर महोत्सव अन्तर्गत नै फेष्टिबल आयोजना गरिएको हो । वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले फुड फेष्टिबलको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । आयोजक रत्ननर उद्योग वाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरी फेष्टिबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ […]
२० हजार बढीले अवलोकन गरे कृषि प्रदर्शनी

भरतपुर,१५ फागुन । चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सम्पन्न भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा तीन दिनसम्म चलेको प्रदर्शनी आइतबार सम्पन्न भएको हो । तीन दिनमा २० हजार भन्दा बढी कृषकले प्रदर्शनी अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ, रुपन्देही, पूर्वको मोरङसम्मका […]
सुस्ताएको व्यवसायलाई महोत्सवले उकास्ने आशा

रत्ननगर, १५ फागुन । ओमिक्रोनको महामारी बढ्दै गएपछि सञ्चालनमा नआइ स्थगन भएको रत्ननगर महोत्सव आइतबारदेखि सुरु भएको छ । महोत्सवको ११औं संस्करण टाँडीस्थित टिकौली चौरमा सुरु भएको हो । गत पुस २७ गते सुरु हुने भनिएको महोत्सव कोरोनाको तेस्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो । रत्ननगर उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको भव्य उद्घाटन गरिएको […]
एमसिसीको मतदान केहीबेरमा, संसद भवनमै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल सकिएको छ भने आइतबार साँझ ६:३० बजे हुने अर्को बैठकमा एमसिसीसम्बन्धी मतदान हुने भएको छ । एमसिसीका सम्बन्धमा सत्तारुढ गठबन्धनले ल्याएको व्याख्यात्मक टिप्पणी पास गरी प्रतिनिधिसभामा पेश गर्न संसद भवनमै आइतबार साँझ मन्त्रिपरिषद् बैठक हुने भएको छ । मन्त्रिपरिषद् बैठकले एमसिसीमाथिको ११ बुँदे व्याख्यात्मक […]
महिला जेसीज र लायन्सको आयोजनामा उद्घोषण कला तालिम

भरतपुर, १५ फागुन । नारायणगढमा चार वटा महिला जेसीजको संयुक्त आयोजनामा दुई दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ । नारायणगढ लेडि जेसीज, लायन्स क्लब अफ नारायणी क्रियटिभ, लायन्स क्लब अफ चितवन साइनिङ लेडिज र लायन्स क्लब अफ गोल्डेन लेडिजको संयुक्त आयोजनामा २ दिने उद्घोषण कला तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा सिनर्जी एफएमका प्रोग्राम […]
साहित्य सङ्गम चितवनको एघारौं अधिवेशन सम्पन्न, अध्यक्षमा चापागाईंको निरन्तरता

भरतपुर, १५ फागुन । चितवनकाे सबैभन्दा पुरानाे साहित्यिक संगठन साहित्य संगम चितवनकाे एघारौं अधिवेशन सम्पन्न भएको छ । बरिस्ठ साहित्यकार डा. कर्ण बानियाकाे प्रमुख आतिथ्य र सङ्गमका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो । अधिवेशनले प्रकाश चापागाईंलाई पुनः अध्यक्षमा चयन गरेको छ । नयाँ समितिमा राजेन्द्र घायल उपाध्यक्ष, उषा तिवारी सचिव, कल्पना आचार्य सहसचिव, […]
पलविरुद्ध गैंडाकोटमा पनि जबरजस्ती करणीको किटानी जाहेरी

भरतपुर,१५ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि किटानी जाहेरी परेको छ । गैँडाकोट क्षेत्रको एक रिसोर्टमा जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाका बुवाले आज अर्को किटानी जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले आज दिउँसो जाहेरी परेको पुष्टि […]
बन्दसत्र सञ्चालन हुन नसकेपछि भण्डारा दुग्ध सहकारीको साधारणसभा स्थगित

फागुन १४, राप्ती । भण्डारा दुग्ध उत्पादक सहकारीको २४औँ साधारणसभाले उद्घाटन सत्र मात्र सम्पन्न गरेको छ । शनिबार भण्डारा माविको प्राङ्गणमा सहकारीको साधारणसभाको दोस्रो सत्र अन्तर्गतको बन्दसत्र सञ्चालन हुन सकेन । समय अभावको कारण बन्दसत्र सञ्चालन नभएको र अर्को सूचना नआउन्जेलसम्मको लागि स्थगित गरिएको आयोजक संस्थाले बताएको छ । सभाको उद्घाटन सत्रमा आफ्नो भनाई राख्दै […]
टिकौलीचौरमा आजदेखि रत्ननगर महोत्सव

रत्ननगर, १४ फागुन । रत्ननगर नगरपालिकामा रत्ननगर महोत्सव- २०७८ को नयाँ शृङ्खला आइतबारदेखि सुरु हुँदैछ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले शनिबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन १५ देखि २३ गतेसम्म हुने जानकारी दिएको हो । महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले गर्नेछन् । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनले स्थगित […]