साहित्य सङ्गम चितवनको एघारौं अधिवेशन सम्पन्न, अध्यक्षमा चापागाईंको निरन्तरता

भरतपुर, १५ फागुन ।
चितवनकाे सबैभन्दा पुरानाे साहित्यिक संगठन साहित्य संगम चितवनकाे एघारौं अधिवेशन सम्पन्न भएको छ । बरिस्ठ साहित्यकार डा. कर्ण बानियाकाे प्रमुख आतिथ्य र सङ्गमका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा कार्यक्रम भएको हो ।

अधिवेशनले प्रकाश चापागाईंलाई पुनः अध्यक्षमा चयन गरेको छ । नयाँ समितिमा राजेन्द्र घायल उपाध्यक्ष, उषा तिवारी सचिव, कल्पना आचार्य सहसचिव, गंगा भट्टराई काेषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरूमा रामहरि श्रेष्ठ, डा. धनेश्वर भट्टराई, हाेमनाथ घिमिरे, चिराग भण्डारी, तुलसी पण्डित, जानुका भट्टराई चयन भएका छन् ।

कार्यक्रममा प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष विपिन पाठक, जनसाँस्कृतिक महासङ्घ चितवनका अध्यक्ष रामहरि श्रेष्ठ, त्रिवेणी साहित्य परिषदका अध्यक्ष डा. नारायणप्रसाद खनाल, चितवन साहित्य परिषदका उपाध्यक्ष जगन्नाथ पण्डित, बलराम वाङ्मय प्रतिष्ठान चितवनका अध्यक्ष पूर्णप्रसाद अधिकारी, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा. कपिल अज्ञात, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जलि, हाम्रो सिर्जना साहित्यिक पत्रिकाका प्रधानसम्पादक डिआर पोखरेल, नारायणी नमूना माविका विद्यालय व्वस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, प्राचार्य पूर्णप्रसाद दुवाडीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सङ्गमका उपाध्यक्ष बाबुराम पाण्डेले स्वागत मन्तव्य र कविद्वय पोषराज पौडेल र रेशम विरहीले कविता वाचन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट