भरतपुर, १५ फागुन ।
नारायणगढमा चार वटा महिला जेसीजको संयुक्त आयोजनामा दुई दिने उद्घोषण कला तालिम सम्पन्न भएको छ । नारायणगढ लेडि जेसीज, लायन्स क्लब अफ नारायणी क्रियटिभ, लायन्स क्लब अफ चितवन साइनिङ लेडिज र लायन्स क्लब अफ गोल्डेन लेडिजको संयुक्त आयोजनामा २ दिने उद्घोषण कला तालिमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सिनर्जी एफएमका प्रोग्राम म्यानेजर मनोज घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रम द सेन्ट्रल गार्डेन फेमिली रेस्टुरेन्टमा भएको थियो ।
कार्यक्रमको अध्यक्षता नारायणगढ लेडी जेसीज वर्ष २०२२ की अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारीले गरेकी थिइन् भने प्रमुख अतिथि लायन्स क्लब अफ नारायणी क्रियटिभकी एक्स्टेन्सम चेयरपर्सन एमजेएफ लायन रजनी मास्के रहेकी थिइन् ।
अतिथिहरूमा नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष एवं संरक्षक श्रीविश्वशान्ति पिया, लायन्स क्लब अफ चितवन साइनिङ लेडीजकी संस्थापक अध्यक्ष लायन निरू कार्की, लायन्स क्लब अफ नारायणी क्रियटिभकी संस्थापक अध्यक्ष लायन कृपा राजभण्डारी रहेका थिए । सो कार्यक्रममा नारायणगढ लेडी जेसीजकी निवर्तमान अध्यक्ष जेसीआई सिनेटर सम्झना प्रधान, नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष जेसी रमा श्रेष्ठको समेत उपस्थिति थियो ।





