पलविरुद्ध गैंडाकोटमा पनि जबरजस्ती करणीको किटानी जाहेरी

भरतपुर,१५ फागुन ।

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि किटानी जाहेरी परेको छ ।
गैँडाकोट क्षेत्रको एक रिसोर्टमा जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाका बुवाले आज अर्को किटानी जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले आज दिउँसो जाहेरी परेको पुष्टि गर्दै घटनास्थलको मुचुल्का उठाउने काम सकिएको बताए । उनले अब पीडित बालिकाको स्वास्थ्य जाँच गर्ने तयारी गरिएको बताए ।
गत बुधवार १७ वर्षीया एक गायिकाका बुवाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा तनहुँ प्रहरीमा पनि किटानी जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले पक्राउ पूर्जी लिएर शाहको खोजी थालेको थियो । आज शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट