राप्ती नगरपालिकाद्वारा स्वयंसेविकाहरुलाई साइकल र मोबाइल प्रदान

राप्ती, १८ मंसिर । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा राप्ती नगरपालिकाले स्वयंसेविकाहरुलाई साइकल र मोबाइल प्रदान गरेको छ । राप्ती नगरपालिकालाई कार्यक्षेत्र बनाएर सेवा दिदैँ आएका ४४ जना स्वयंसेविकाहरुलाई साइकल र मोबाइल प्रदान गरिएको हो । आइतबार एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख प्रभा बरालले साइकल र मोबाइल प्रदान गरेकी हुन् । पहाडी […]

बागमती प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

भरतपुर, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०२४ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । २०२६ मत […]

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा

भरतपुर, १९ मंसिर । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन भएका छन् । शनिबारदेखि चितवनमा जारी सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षका अर्का दाबेदार गोविन्द रोका (सचिन) पछि हटेपछि सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार रहेका […]

चितवनबाट बाघ गणना सुरु

भरतपुर, १९ मंसिर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना (सर्वेक्षण) सुरु गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा एक विशेष कार्यक्रम गर्दै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन् । मन्त्री यादवले बाघ गणनाको लागि राखिएको क्यामाराको स्वीच अन गरेर ‘बाघ सर्वेक्षण’ को उद्घाटन गरे […]

प्रचण्डको छटपटी र पिरलो (सम्पादकीय)

सत्ता गठबन्धनको एक दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रायः तनावमै देखिन्छन् । कहिले सत्ता गठबन्धनको तनाव त कहिले आगामी निर्वाचनको पिरलो । त्यसमाथि नेकपा (एमाले) को दशौँ महाधिवेशन प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ सम्पन्न भयो । एमाले महाधिवेशन उद्घाटनमा देशभरबाट लाखौँ नेता तथा कार्यकर्ता चितवनमा ओइरिए । यसले पनि प्रचण्डको टाउको […]

सर्वसाधारणलाई झुक्याई ठगी गरेको आरोपमा एक जना पक्राउ

भरतपुर, १९ मंसिर । चितवन प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई-कमर्स इन्टरनेशनलका कार्यकारी निर्देशक २७ वर्षीय पुष्पराज तिमिल्सेना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई […]

सरसफाइमा राप्तीका चेपाङ महिलाको सक्रियता

राप्ती, १९ मंसिर पूर्वीचितवनको राप्ती नगरपालिका–१३ मा १३ वटाभन्दा बढी महिला समूह छन् । पुरुषप्रधान समाजमा जसोतसो उनीहरू अहिले आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने भएका छन् । खाना खानुअघि हात धुनुपर्छ भनेर थाहा नभएको ठाउँमा अहिले आधुनिक शौचालय र स्वच्छ खानेपानीको व्यवस्था भएको छ । समान्यतया १२/१३ वर्षमा विवाह हुन्थ्यो । तर अहिले कानुनी […]

महेन्द्र पी लामाको ‘ओ दार्जिलिङ !’ बजारमा

भरतपुर, १९ मंसिर । दार्जीलिङका सुपरिचित लेखक एवं प्राध्यापक महेन्द्र पी. लामाले लेखेको पुस्तक `ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन´ बजारमा आएको छ। यो पुस्तक भारतका नेपालीभाषी र उनीहरूले माग गर्दै आएको गोर्खाल्यान्डका मुद्दा लगायत विषयमा केन्द्रित छ । दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति सय वर्षदेखि गर्दै आएको सङ्घर्षको झलक यसमा पढ्न पाइने पुस्तकको […]

वडाध्यक्ष कपमा अभिषेक चर्च रजहर सेमिफाईनल प्रवेश

देवचुली, १९ मंसिर । देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । देवचुली- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक समाज सुरक्षा युवा क्लब र अभिषेक चर्च रजहरबीच भएको खेलमा अभिषेक […]

लायन्स `वर्ष नागरिक´बाट सरोज चेपाङलाई सम्मान

भरतपुर, १९ मंसिर । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ । नारायणगढ जेसिजको सभाहल नारायणगढमा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका- २ गड्यौलीका २३ वर्षीय सरोज प्रजाचेपाङलाई “वर्ष नागरिक” बाट सम्मान गरिएको छ । को हुन् सरोज ? भोलेबाबा आधारभूत विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गरेका प्रजा घरायसी अवस्था अन्यन्तै नाजुक भएका […]

लैंगिक हिंसा सहने होइन प्रतिकार गरौँ

‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नारा तथा Orange the world : End voilence against women now अन्तर्राष्ट्रिय नाराका साथ ३०औं अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा छौं । महिलाहरुले ब्यवधानहरुलाई पन्छाई आफ्ना समुदाय र देशहरुमा आफ्नो अधिकारको दाबी गर्न र आफ्नो क्षमता पुर्ण रुपमा महसुुस गर्न, प्राप्त भएका उपलब्धीहरुमा […]

नारायणगढमा खुल्यो पाइपलाइन बियर एण्ड कफी

भरतपुर, १९ मंसिर । नारायणगढको गंगोत्री मार्गमा ‘पाइपलाइन बियर एन्ड कफी’ सञ्चालनमा आएको छ । पाइपलाइनको शनिबार सफ्ट ओपनिङ गरिएको छ । नेपालकै प्रख्यात ‘अनुप्रस्था’ ब्याण्डको लाइभ प्रस्तुतिसँगै पाइपलाइनले आफ्नो सेवा सुरु गरेको हो । पाइपलाइन हस्पिटालिटी प्रालिद्धारा सञ्चालित पाइपलाइन चितवनकै पहिलो बियर बार हो ।शनिबार सफ्ट ओपनिङ गरिएको पाइप लाइनको क्रिस्टमसदेखि अंग्रेजी नयाँ वर्षसम्म […]

पत्रकार पराजुलीको दोस्रो पुस्तक `मोम्चो´ सार्वजनिक

गैंडाकोट, १९ मंसिर । कथाकार एवं पत्रकार वसन्त पराजुलीको दोस्रो पुस्तक ‘मोम्चो’ कथासङ्ग्रह सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशनबाट प्रकाशित उक्त पुस्तकमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा चेपाङ किशोरी रमिता चेपाङले कृति सार्वजानिक गरिन् । सङ्ग्रहभित्रका कथाहरूमा चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसका […]

राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन को हुन् ?

भरतपुर, १९ मंसिर । राष्‍ट्रिय प्रजातन्‍त्र पार्टीको अध्‍यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । शनिबार सम्पन्‍न मतदानमा अध्यक्षका अर्का प्रत्‍यासी कमल थापालाई पराजित गर्दै लिङदेन राप्रपा अध्यक्ष निर्वाचित भएका हुन् । २०२२ भदौ २२ गते पाँचथरमा जन्मेका लिङदेन गत निर्वाचनमा झापा ३ बाट प्रत्यक्षमा निर्वाचित सांसदसमेत हुन् । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति […]