प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा

भरतपुर, १९ मंसिर ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन भएका छन् ।

शनिबारदेखि चितवनमा जारी सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षका अर्का दाबेदार गोविन्द रोका (सचिन) पछि हटेपछि सापकोटा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार रहेका सापकाेटा प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।

महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षसहित १ सय ८४ केन्द्रीय सदस्यको नाम समेत घोषणा भएको छ । प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने बताइएकाे छ । जसमा ८ जना मनाेनित हुनेछन् । उपाध्यक्षलगायतका पदाधिकारी भने टुंगाे लाग्न बाँकी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट