राप्रपा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देन को हुन् ?

भरतपुर, १९ मंसिर ।
राष्‍ट्रिय प्रजातन्‍त्र पार्टीको अध्‍यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । शनिबार सम्पन्‍न मतदानमा अध्यक्षका अर्का प्रत्‍यासी कमल थापालाई पराजित गर्दै लिङदेन राप्रपा अध्यक्ष निर्वाचित भएका हुन् । २०२२ भदौ २२ गते पाँचथरमा जन्मेका लिङदेन गत निर्वाचनमा झापा ३ बाट प्रत्यक्षमा निर्वाचित सांसदसमेत हुन् ।

२०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भएका थिए । २०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्‍य भएका लिङदेन २०७० मा राप्रपाको महामन्त्री भएका थिए ।

२०६१-६३ सम्‍म उनी जिल्ला विकास समिति झापाको सभापति भए । दुई पटक जेल र ९ महिनाभन्दा बढी बन्दी जीवन बिताएका छन् । दोस्रो संविधान सभामा कांग्रेस नेता कृष्‍ण सिटौलासँग पराजित भएका लिङदेन २०७४ मा सिटौलालाई नै हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनले राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट