सरसफाइमा राप्तीका चेपाङ महिलाको सक्रियता

राप्ती, १९ मंसिर
पूर्वीचितवनको राप्ती नगरपालिका–१३ मा १३ वटाभन्दा बढी महिला समूह छन् । पुरुषप्रधान समाजमा जसोतसो उनीहरू अहिले आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने भएका छन् ।
खाना खानुअघि हात धुनुपर्छ भनेर थाहा नभएको ठाउँमा अहिले आधुनिक शौचालय र स्वच्छ खानेपानीको व्यवस्था भएको छ । समान्यतया १२/१३ वर्षमा विवाह हुन्थ्यो । तर अहिले कानुनी प्रचलन अनुसार उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने मानसिकताको विकास भइसकेको छ । पढ्नलाई खासै चासो नदिइने यो समुदायमा अहिले विद्यालय जानुपर्छ भन्ने सोचको विकास भएको छ ।

यहाँका विद्यालयमा हर्बल बगैंचा स्थापना भएको छ । विद्यार्थीहरुले घर व्यवहारमा मात्र नभई पढाई र साँस्कृतिक कार्यक्रममा पनि ध्यान दिन थालेका छन् । यो सबै हुनुको श्रेय स्थानीयहरुले वातावरण संरक्षण शिविर (एक्का नेपाल) संस्थालाई दिएका छन् ।

यिनै कुराको छलफलका लागि शनिबार राप्ती नगरपालिका नगर कार्यपालिकाको प्रांगणमा ज्ञान बजार कार्यक्रम सम्पन्न भएको छ । राप्ती– १३ बाट १३ वटै महिला समूह र ८ वटा विद्यालयका विद्यार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रांगणमा मञ्च सजाइएको थियो भने २५ वटाभन्दा बढी स्टल राखिएको थियो । स्टलमा बिक्री गर्नको लागि नभईकन प्रदर्शन गर्नको लागि सो ठाउँमा उत्पादित जडिबुटी तथा तरकारी राखिएको थियो ।

कुनै स्टलमा प्रोजेक्टरबाट ३ वर्षको अवधिमा भएका परिवर्तनहरु देखाइएका थिए त कुनै स्टलमा जनचेतनामूलक पम्प्लेट र चार्ट पेपरहरु राखिएको थियो । त्यसैगरी मञ्चमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरिरहेका थिए । एक्का संस्थाले ३ वर्षमा मुख्यगरी राप्ती–१३ मा बसोबास गर्ने चेपाङ समुदायलाई लक्षित गरी बालबालिका र महिला विकासका कार्यक्रमहरु गरेको थियो । सहभागीहरुले आफूहरुमा आएको परिवर्तनका बारेमा कार्यक्रममा बोलेर, गीत गाएर तथा नाटक देखाएर अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरे बापत राप्ती–१३ कै २ वटा विद्यालय, ४ वटा महिला समूह र २ घरधुरी पुरस्कृत पनि भएका छन् । उत्कृष्ट हर्बल बगैँचा, पानी, स्वास्थ्य र सरसफाइका कारण श्री राष्ट्रिय आधारभूत विद्यालय (१–५) कालीटार र कुपोषणबाट पीडित विद्यार्थीहरुलाई होस्टेलमै राखी शिक्षा दिइएको भन्दै श्री कान्देश्वरी आधारभूत विद्यालय (१–८) कान्दा पुरस्कृत भएका हुन् ।

फोहोरमैला व्यवस्थापनका कारण श्री चक्रेश्वरी कृषक महिला समूह, सरसफाइ सम्बन्धी घरदैलो कार्यक्रम गरे वापत श्री लोथर लालीगुराँस कृषक महिला समूह, शौचालय अनुगमन तथा हात धुने कार्यक्रम वापत श्री गुण्डी परिवर्तन कृषक महिला समूह र खानेपानी मर्मतबाट श्री फूलबारी महिला समूह पुरस्कृत भएका हुन् । पुरस्कृत विद्यालय तथा महिला समूहले जनही २५ हजार रकम प्राप्त गरेका छन् ।

एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नगर प्रमुख प्रभा बराल थिइन् । विशिष्ट अतिथिमा नगर उपप्रमुख इमानसिंह लामा, शिक्षा अधिकृत शम्भुप्रसाद पौडेल, कृषि विभाग प्रमुख शैलेन्द्र भण्डारी थिए । अतिथिहरुमा राप्ती–१३ का वडाध्यक्ष सूर्य प्रजा, वडा ५ की अध्यक्ष मेनुका पाठक, कार्यपालिका सदस्यहरु पुष्पा कुँवर र दिलकुमारी थिङ, स्वास्थ्य विभाग उपप्रमुख राममणि सिलवाल, कार्यक्रम संयोजक विपिन श्रेष्ठलगायत थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट