कांग्रेस नवलपुर : जिल्ला अधिवेशन मंसिर १९ र २० मा हुने

कावासोती, ९ मंसिर । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन मंसिर १९ गते हुने भएको छ । मंसिर १० र ११ मा हुने भनिएको जिल्ला अधिवेशनको आवश्यक तयारी नसकिएको भन्दै अधिवेशन मंसिर १९ गतेलाई सारिएको नेपाली कांग्रेस नवलपुरका सहायक जिल्ला निर्वाचन अधिकृत चुडामणी शर्मा कंडेलले बताए । नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार मंसिर १९ गते मनोनयन […]

स्कुल क्याप्टेन छनोट चुनावबाट

भरतपुर, ९ मंसिर (कायाकैरन) भरतपुर महानगरपालिका–११ मा अवस्थित नारायणी इङ्लीस पब्लिक स्कुलले शैक्षिक सत्र २०७८ का लागि चुनावी प्रक्रियाद्वारा स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट गरेको छ । कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने करिब ५०० जना विद्यार्थीले मतदान कार्यक्रममा सहभागिता जनाएका थिए । स्कुल क्याप्टेनका लागि ५ जना र भाइस क्याप्टेनका लागि ८ जनाको प्रतिस्पर्धी […]

एमाले महाधिवेशनले कांग्रेसको अधिवेशन स्थगित

भरतपुर, ९ मंसिर । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतिबाट शुक्रबार र शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ । मंसिर […]

एमाले महाधिवेशन : भरतपुरमा आजैदेखि ट्राफिक जाम

भरतपुर, ९ मंसिर । चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १०औं महाधिवेशनमा भित्रीएका सवारीसाधनको चापले आजैदेखि भरतपुरमा ट्राफिक जाम हुन थालेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मुख्य सडकमा सवारी जाम देखिएको छ । महाधिवेशनका लागि जिल्ला जिल्लाबाट नेता कार्यकर्ता ओइरिनेक्रम बढ्दै जाँदा सडकमा ट्राफिक जाम बढेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकको हाइवेमा खटिएका […]

सुरक्षा सहजीकरण गरि सबै प्रकारका गाडी चल्छन् : भट्टराई

भरतपुर, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटनको दिनमा चितवनमा ‘नो भेइकल मुभमेन्ट’ भनेर गलत हल्ला फैलाएको नेता योगेश भट्टराईले स्पष्ट पारेका छन् । बिहीबार साँझ उद्घाटन सत्र स्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘नो भेइकल मुभमेन्ट भन्ने नि दुनियाँमा कहिँ हुन्छ ? पब्लिक गाडी, दमकल, एम्बुलेन्स सबै चल्छन् । सहजीकरणका लागि सुरक्षा […]

एमाले महाधिवेशनको खर्च साढे सात करोड लाग्ने

भरतपुर, ९ मंसिर । भोलिदेखि चितवनमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनमा साढे सात करोड रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले आज उद्घाटनस्थल नारायणी निकारमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै आवास, खाना, मञ्च, छपाईलगायतका सम्पूर्ण खर्चमा करिब साढे सात करोड खर्च अनुमान गरिएको जानकारी दिए । महाधिवेशनको सम्पूर्ण खर्च […]

एमाले महाधिवेशन : भरतपुरका यी सडकमा सवारी प्रवेशमा रोक

भरतपुर, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी भरतपुरका केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रम सौराहामा हुनेछन् । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा […]

निधिले घोषणा गरे कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सञ्चारमाध्यमहरुसँग आफ्नो उम्मेदवारीबारे यसअघि नै बोलिसकेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन् । […]

विश्वकप एसिया छनोटमा कुवेतमाथि नेपालको फराकिलो जित

भरतपुर, ९ मंसिर । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको थियो । हकङकङसँग भने नेपाल ६ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ […]

ओलीको नेतृत्व नै सर्वसम्मत : नेम्वाङ

भरतपुर, ९ मंसिर । नेकपा एमालेका नेता सुवास नेम्वाङले केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेमा महाधिवेशन सफल भएको सन्देश जाने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा सहभागी हुन आज चितवन आएका नेता नेम्वाङले अध्यक्षमा केपी ओली नै सर्वसम्मत हुने बताउँदै उनले अन्य पदमा पनि सर्वसम्मत गरेमा महाधिवेशन भव्यरुपमा सफल हुने बताएका हुन । […]

एमाले अध्यक्ष ओली चितवन आइपुगे

भरतपुर, ९ मंसिर । भोलिबाट चितवनमा हुन गइरहेको १० औं महाधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनका लागि ओली आज चितवन आएका हुन् । श्रीमती राधिका शाक्य साथै पार्टीका नेता गोर्कण विष्ट र सुवास नेम्वाङसहित ओली चितवन आएका हुन । हवाईमार्गहुँदै भरतपुर आएलगत्तै ओली सौराहा […]

सहमतिमा नेतृत्व चयन हुन्छ : बादल

भरतपुर, ९ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सर्वसम्मतिमा नेतृत्व चयन हुनेमा विश्वस्त रहेको बताएका छन् । भोलि मंसिर १० गतेबाट सुरु हुने महाधिवेशनको लागि आज हवाईमार्गहुँदै चितवन आएका संयोजक थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै केन्द्रीय समितिको नेतृत्व चयनका लागि सहमति गर्न आफूहरु लागिपरेको बताए । `स्थानीय […]

`अत्यावश्यक सवारीसाधन चल्न पाउँछन्´

भरतपुर, ९ मंसिर । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व-पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, […]

एमाले महाधिवेशन: चितवनमा बढ्यो चहलपहल

भरतपुर, ९ मंसिर । रासस नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ । महाधिवेशन प्रतिनिधिका […]

विश्वकप एसिया छनोटमा नेपाल र कुवेत भिड्दै

भरतपुर, ९ मंसिर । आइसिसी महिला टी २० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कुवेतको सामना गर्दैछ । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ । मंगलबार भएको दोस्रो […]

एमालेको १०औँ महाधिवेशन : प्यानल बनाए कारबाही, पर्चा-पम्प्लेटमा पनि बन्देज

भरतपुर, ९ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ । १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै […]

स्विडेनमा पहिलोपटक महिला प्रधानमन्त्री निर्वाचित

स्टकहोम – स्विडेनमा पहिलोपटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । निवर्तमान अर्थमन्त्री समेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन् । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए […]

Sampurna Kitab Library