एमाले अध्यक्ष ओली चितवन आइपुगे

भरतपुर, ९ मंसिर ।
भोलिबाट चितवनमा हुन गइरहेको १० औं महाधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आएका छन् ।

पार्टीको राष्ट्रिय महाधिवेशनका लागि ओली आज चितवन आएका हुन् । श्रीमती राधिका शाक्य साथै पार्टीका नेता गोर्कण विष्ट र सुवास नेम्वाङसहित ओली चितवन आएका हुन ।

हवाईमार्गहुँदै भरतपुर आएलगत्तै ओली सौराहा गएका छन् ।
एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले सौराहामा गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन् ।

ओलीले सम्बोधन गर्न लागेको उक्त कार्यक्रममा समाजवादको आधार निर्माणका विषयमा चार ओटा कार्यपत्र प्रस्तुत हुँदैछन् । कार्यपत्रउपर सात जनाले टिप्पणी गर्ने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट