भरतपुर, ९ मंसिर ।
नेकपा एमालेको १०औं महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सर्वसम्मतिमा नेतृत्व चयन हुनेमा विश्वस्त रहेको बताएका छन् ।
भोलि मंसिर १० गतेबाट सुरु हुने महाधिवेशनको लागि आज हवाईमार्गहुँदै चितवन आएका संयोजक थापाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै केन्द्रीय समितिको नेतृत्व चयनका लागि सहमति गर्न आफूहरु लागिपरेको बताए ।
`स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गर्यौँ , केन्द्रमा सकेसम्म सहमतिमै नेतृत्व चयन गर्नेछौँ´, थापाले भने – `आफू कुन जिम्मेवारीमा उठ्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।´
महाधिवेसनको तयारी पनि करिब करिब सम्पन्न भएको उनले जानकारी दिए ।





