एमाले महाधिवेशन : भरतपुरमा आजैदेखि ट्राफिक जाम

भरतपुर, ९ मंसिर ।
चितवनमा भोलिदेखि सुरु हुने नेकपा एमालेको १०औं महाधिवेशनमा भित्रीएका सवारीसाधनको चापले आजैदेखि भरतपुरमा ट्राफिक जाम हुन थालेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मुख्य सडकमा सवारी जाम देखिएको छ ।

महाधिवेशनका लागि जिल्ला जिल्लाबाट नेता कार्यकर्ता ओइरिनेक्रम बढ्दै जाँदा सडकमा ट्राफिक जाम बढेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकको हाइवेमा खटिएका प्रहरी जवान अमित पन्तले आज बिहानैदेखि सडकमा सवारीको चाप बढेको बताए । ‘अहिले त क्युमा चलाइराछौँ , हिजोभन्दा धेरै चाप बढिसक्यो हामी पनि बिहानैदेखि खटिरहेका छौँ’ -उनले भने ।

चितवन प्रशासनले उद्घाटन सत्रमा ‘नो भेइकल मुभमेन्ट’ गर्ने भनेपनि नेकपा एमालेका प्रचारप्रसार संयोजक योगेश भट्टराईले हेभी सवारी बाहेक अन्य सवारीलाई रोकतोक नगरिएको स्पष्ट पारेका छन् ।

चितवनमा भोलि मंसिर १० देखि १२ गतेसम्म नेकपा एमालेको राष्ट्रिय महाधिवेशन चल्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library