विश्वकप एसिया छनोटमा नेपाल र कुवेत भिड्दै

भरतपुर, ९ मंसिर ।
आइसिसी महिला टी २० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कुवेतको सामना गर्दैछ ।

दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल कुवेतलाई सहज रूपमा हराउँदै नेट रनरेट बढाएर शीर्षस्थानमा पुग्ने दाउमा हुनेछ ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले हराएको थियो । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङविरुद्ध ६ विकेटले पराजित भयो । यता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेत दुवै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ ।

पहिलो खेलमा भुटानसँग ४० रनले पराजित कुवेत दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।

यसअघि नेपालले अन्तिमपटक सन् २०१९ मा भएको खेलमा कुवेतलाई ३० रनले पराजित गरेको थियो । बिहीबार एकै समयमा मलेसियाले हङकङसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार मलेसियाविरुद्ध र पाँचौँ खेलमा आइतबार संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्ध खेल्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library