निधिले घोषणा गरे कांग्रेस सभापतिमा उम्मेदवारी

काठमाडौं, ९ मंसिर ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सञ्चारमाध्यमहरुसँग आफ्नो उम्मेदवारीबारे यसअघि नै बोलिसकेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन् । ‘पार्टीभित्र विकसित गुट-उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने’, उनले भने ।

निधि लामो समयसम्म वर्तमान सभापति शेरबहादुर देउवाको टिममा थिए । तर, १३औं महाधिवेशनमा देउवालाई आफूले सघाउने र १४औँमा देउवाले आफूलाई सघाउने भनिएको भए पनि देउवाले आफैं उम्मेदवार हुन अघि सरेपछि निधि पनि अघि बढेका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । यो महाधिवेशनले नेतृत्व टुंगो लगाउने र नीति महाधिवेशन छुट्टै गरिने निर्णय यस अघि नै गरिसकिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library