एमाले महाधिवेशनले कांग्रेसको अधिवेशन स्थगित

भरतपुर, ९ मंसिर ।
नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतिबाट शुक्रबार र शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ ।

मंसिर १० गते नेकपा एमालेको केन्द्रीय महाधिवेशनको उद्घाटन नारायणगढमा हुने भएका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको हो । चितवन प्रशासनले एमालेको महाधिवेशनका कारण भरतपुर नगर क्षेत्रमा यातायात प्रवेशमा रोक लगाएका कारण उम्मेदवारले मनोनयन दाखिला गर्न समस्या हुने भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library