एमाले महाधिवेशन : भरतपुरका यी सडकमा सवारी प्रवेशमा रोक

भरतपुर, ९ मंसिर ।
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी भरतपुरका केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रम सौराहामा हुनेछन् ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।

ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडकखण्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।
हेर्नुहोस् नक्सा :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library