पाँच लाख गरिब परिवारमा प्रत्येकलाई १० हजार अनुदान दिइने
भरतपुर, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले स्थानीय […]
२०७८ भदौ २६ गते शनिबारको कायाकैरन दैनिक (E-Paper)
कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएकालाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौँ, २५ भदौ । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका पाँच लाख परिवारलाई राहत उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयकमार्फत बजेटमा यस्तो व्यवस्था गरिएको बताएका हुन् । उनका अनुसार हरेक परिवारले १० हजार रुपैयाँका दरले राहत प्राप्त गर्नेछन् । स्थानीय सरकारको […]
कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ विनियोजन

काठमाडौँ, २५ भदौ । सरकारले चालू आर्थिक वर्षको खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको अध्यादेश बजेटमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै खर्चतर्फ विभिन्न शीर्षकको १० प्रतिशत बजेट कटौती गरिएको बताए । “बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम […]
यस्तो छ प्रतिस्थापन विधेयकको पूर्णपाठ

काठमाडौँ, २५ भदौ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालू खर्च र आन्तरिक ऋणको परिमाण घटाइएको छ । अर्थमन्त्री शर्माले कोरोना भाइरस महामारीका कारण प्रभावित नागरिकको जीवन […]
सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरेर आम्दानी गर्नेले कर बुझाउनुपर्ने

काठमाडौँ, २५ भदौ । नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रीम कर लाग्ने भएको छ। सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रीम कर उठाउने निर्णय गरेको हो । अबदेखि सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा […]
माधव नेपालको समूहबाट अलग्गिए तेजेन्द्र, नेकपा एस चितवनको अध्यक्षमा कृष्णराज

भरतपुर, २५ भदौ । चितवनका नेता तेजेन्द्रबहादुर खड्काले माधव नेपालको साथ छाडेका छन् । उनी एमाले विवादमा माधव-खनाल समूहको समानान्तर कमिटीका अध्यक्ष थिए । शुक्रबार नेकपा (एकिकृत समाजवादी) चितवनको जिल्ला र भरतपुर महानगर कमिटी घोषणा कार्यक्रममा उनी देखा परेनन् । स्रोतका अनुसार कमिटीको अन्तिम नामावली तयार पार्दा सँगै रहेका खड्काले एक्कासी भेला स्थगित गर्न आग्रह […]
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

भरतपुर, २४ भदौ । पछिल्ला वर्षहरूमा नेपालमा पनि सामाजिक सञ्जाल अर्थात् सोसल नेटवर्किङ साइटका प्रयोगकर्ताको सख्या बढ्ने क्रममा रहेको छ । कुनै समय सीमित वर्गले मात्रै प्रयोग गर्ने गरेको यस्ता इन्टरनेट सुविधा हाल अधिकांशले उपयोग गरिरहेका छन् । सोसल साइटहरूमा प्रयोगकर्ताको संख्या बढ्न थालेसँगै तिनको दुरुपयोग र ती माध्यमबाट हुनसक्ने सम्भावित अपराधको जोखिम पनि बढेकोमा […]
एमालेको नाराबाजीका बाबजुद् अर्थमन्त्रीले संसदमा पेश गरे बजेटको प्रतिस्थापन विधेयक

भरतपुर, २५ भदौ । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभामा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् । यसअघि एमालेका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । अध्यादेश प्रतिनिधिसभाको […]
भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपाल पौडेल

भरतपुर, २५ भदौ भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपालप्रसाद पौडेललाई नियुक्त गरिएको छ । अस्पतालमा कार्यरत सिनियर अहेव अधिकृत (छैटौँ तह) पौडेल यसअघि पनि अस्पतालको सूचना अधिकारी बनिसकेका थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले आज उनलाई सूचना अधिकारीको जिम्मेबारी दिएका हुन् । उनलाई दिइएको पत्रमा सूचनाको हक २०६४ को दफा ६ मा भएको व्यवस्थाअनुसार […]
संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं २५ भदौ। संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटालले बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने वित्तिकै सांसदहरु रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले आफूले सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गरिसकेको बताएका छन्। एमालेले सभामुख सापकोटाले चित्त बुझ्दो जबाफ नदिएको भन्दै सदन […]
सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै
काठमाडौँ, २५ भदौ। सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गर्नुभएको बैठकमा […]
राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि […]
चितवनमा रगतको अभाव

भरतपुर, २५ भदौ । जिल्लामा रगतको अभाव हुन थालेको छ । चितवनसहित छिमेकी जिल्लाका बिरामीको उपचार हुने यहाँका अस्पतालमा आउने बिरामीका लागि रगतको अभाव भएको हो । जिल्लामा दैनिक एक सय युनिट हाराहारीमा रगत आवश्यक पर्ने गर्दछ । नियमित रक्तदान कार्यक्रमबाट ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । केन्द्रका […]
२०७८ भदाै २५ गते शुक्रबारकाे कायाकैरन दैनिक (E-Paper)
२०७८ भदाै २४ गते बिहीबारकाे कायाकैरन दैनिक (E-Paper)
गठबन्धनको बैठक बस्दै
भरतपुर, २५ भदौ । बिहिबार कुनै एजेण्डामा छलफल नगरी नेताहरू उठेपछि सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहानै बस्न लागेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भनिएको छ । बैठकमा विभिन्न विषयमा छलफल हुने भनिएपनि गठबन्धनमा देखिएको समस्याका बारेमा छलफल हुने बताइएको छ । त्यसका अलावा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज […]
प्रतिनिधिसभाको बैठक बस्दै

भरतपुर, २५ भदौ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ ।
सेनाको कमान्ड शर्माको काँधमा

भरतपुर, २५ भदौ । नेपाली सेनाको कमान्ड बिहीबारदेखि प्रभुराम शर्माले सम्हालेका छन् । प्रधानसेनापतिका रूपमा तीन वर्षे कार्यकाल पूरा गरी पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाएसँगै शर्मा प्रधानसेनापति बनेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण […]