भरतपुर, २५ भदौ ।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभामा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् ।
यसअघि एमालेका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । अध्यादेश प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो ।




