सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरेर आम्दानी गर्नेले कर बुझाउनुपर्ने

काठमाडौँ, २५ भदौ ।

नेपालमा सामाजिक सञ्जालमा कुनै पनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रीम कर लाग्ने भएको छ।

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रीम कर उठाउने निर्णय गरेको हो ।

अबदेखि सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैङ्क, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्नेछ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट