काठमाडौं २५ भदौ।
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटालले बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुने वित्तिकै सांसदहरु रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए। सभामुख सापकोटाले आफूले सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गरिसकेको बताएका छन्।
एमालेले सभामुख सापकोटाले चित्त बुझ्दो जबाफ नदिएको भन्दै सदन चल्न नदिने बताएको छ। सभामुख सापकोटाले दल विभाजनमा भूमिका खेलेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ।





