भरतपुर, २५ भदौ
भरतपुर अस्पतालको सूचना अधिकारीमा गोपालप्रसाद पौडेललाई नियुक्त गरिएको छ । अस्पतालमा कार्यरत सिनियर अहेव अधिकृत (छैटौँ तह) पौडेल यसअघि पनि अस्पतालको सूचना अधिकारी बनिसकेका थिए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले आज उनलाई सूचना अधिकारीको जिम्मेबारी दिएका हुन् । उनलाई दिइएको पत्रमा सूचनाको हक २०६४ को दफा ६ मा भएको व्यवस्थाअनुसार उक्त जिम्मेबारी दिइएको भनिएको छ ।
सूचनाको हकअनुसार हरेक सरकारी कार्यालयले सूचना अधिकारी अनिवार्य तोकेर कार्यालयको सेवाप्रवाहको बारेमा सूचना प्रवाह गर्नुपर्ने हुन्छ । भरतपुर अस्पताल संघीय तहको अस्पताल हो ।






