कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ विनियोजन

काठमाडौँ, २५ भदौ ।

सरकारले चालू आर्थिक वर्षको खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको अध्यादेश बजेटमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै खर्चतर्फ विभिन्न शीर्षकको १० प्रतिशत बजेट कटौती गरिएको बताए ।

“बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकनलगायत शीर्षकको खर्च विविध कार्यक्रम खर्चमा विनियोजित बजेटमा कम्तीमा १० प्रतिशत कटौती गरेको छु”, मन्त्री शर्माले वाचन गरेको प्रतिस्थापन बजेटको पूर्णपाठमा भनिएको छ, “यसरी बचत भएको पाँच अर्ब रुपैयाँ कोभिड-१९ विरुद्धको खोप खरिदमा खर्च गरिनेछ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट