कवि गोविन्दराज विनोदीका तीन पुस्तक सार्वजनिक

भरतपुर, २८ साउन । कवि गोविन्दराज विनोदीका तीनवटा बालसाहित्यिक ग्रन्थ सार्वजनिक भएका छन् । `नानीका कविता´, `नानीका गजल´ र `सयपत्री रानी´ गरि बालसाहित्यका तीन पुस्तकको बिहीबार एक समारोहका बीच सार्वजनिक गरिएको हो । नारायणगढस्थित सम्पूर्ण किताबमा आयोजित लोकार्पण समारोहमा प्रमुख अतिथि बाल साहित्यका सर्जक कर्णबहादुर बानियाँसँगै विद्यार्थीहरू दीपिका नेपाल, प्रसंशा पराजुली, आशीर्वाद सापकोटा र मृणाल […]

चितवनमा थप १६ हजारले लगाए कोभिसिल्ड खोपको पूर्ण मात्रा

भरतपुर, २८ श्रावण । चितवनमा बिहीबार थप १६ हजार ११९ जनाले कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप लगाएका छन् । २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म पहिलो मात्राको खोपको रूपमा कोभिसिल्ड खोप लगाएकाले बिहीबार दोस्रो मात्राको खोप पाएका हुन् । सोसँगै हालसम्म जिल्लामा कोरोना भाइरस विरुद्धको पूर्ण मात्राको खोप लगाएकाको संख्या १ लाख १६ […]

भारतबाट आउन बाँकी रहेको खोप चाँडै प्राप्त हुनेछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, २८ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरिएको २० लाख डोजमध्ये बाँकी १० लाख डोज कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम भुक्तानी गरिसकेको छ । मन्त्री श्रेष्ठले खोपको दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई […]

बेटर चितवनको ‘बेटर युथ अर्वाड’ द्वारा पाँच जना युवा सम्मानित

भरतपुर, २८ साउन। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक संस्था बेटर चितवनको ‘बेटर युथ अर्वाड’ द्वारा पाँच जना युवा सम्मानित भएका छन् । संस्थाले कोभिड १९ प्रकोपको समयमा विभिन्न तवरबाट मानवीय सेवामा योगदान गर्ने  युवाहरुलाई बिहीबार सम्मान गरेको हो । सम्मानित हुनेमा युवा अभियन्ताहरु डा. सुवास बस्नेत, सिम्रीन काफ्ले, दिवाकारराज श्रेष्ठ, डा. आविष्कार चापागाईं र कृष्ण […]

फिफा वरियतामा नेपालको सुधार

काठमाडौँ, २८ साउन । फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ ९फिफा०ले आज सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत […]

पहिरोमा परी भारतमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

सिमला, भारत २८ साउन । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ । कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा ९आइटीबीपी०ले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य […]

विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

भरतपुर, २८ साउन । पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग […]

पुनः मनसुन सक्रिय: आगामी साता देशभर वर्षा हुने

काठमाडौँ, २८ साउन। आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

भरतपुर, २८ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को […]

बल्ल पाइयो दोस्रो मात्राको खोप (तस्बिरहरू)

भरतपुर, २८ श्रावण । कारोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत २०७७ फाल्गुन २३ देखि चैत्र ३ गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकले बिहीबारदेखि दोस्रो मात्राको खोप लगाउन थालेका छन् । पहिलो मात्राको खोप लगाएको ४ हप्ताभित्र दोस्रो मात्राको खोप लगाउनुपर्ने भनिएको भएपनि खोपको आयातमा समस्या हुँदा ती लक्षित वर्गले ४ महिनापछि बल्ल […]

तीजको संघारमा भुवन प्यासीले ल्याए मखमली

भरतपुर, २८ साउन । हरितालिका तीजको अवसर पारेर नेपाली गीत/संगीत क्षेत्रका चर्चित गायक भुवन प्यासीले मखमली बोलको गीत सार्वजनिक गरेका छन् । शंकर अधिकारी ‘घायल’को शब्द, भुवन प्यासीको संगीत र स्वर एवं एलिना चौहानको समेत आवाज रहेको गीत छोटो समयमा नै दर्शक अनि श्रोतामाझ लोकप्रिय भैसकेको छ । २०६० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा आएका गायक […]

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत, २८ साउन। नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र उनका आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन […]

चितवनमा अक्सिजन ग्यास अभाव हुने चिन्ता

भरतपुर, २८ साउन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् […]

गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन

लन्डन, २८ साउन। गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । […]

कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड (फोटोफिचर)

भरतपुर २८ साउन । लामो समयदेखि कुरिरहेका ज्येष्ठ नागरिकहरूलाई कोरोना संक्रमणविरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा आजबाट लगाउन थालिएको छ । खोप नपाउन सक्ने आशंका गरेर खोप केन्द्रहरूमा बिहानैदेखि ज्येष्ठ नागरिकहरू भीड लागेका छन् । खोप केन्द्रहरूले भने पर्याप्त खोप रहेकोले नआत्तिई आउन आग्रह गरेका छन् । पहिलो डोज फागुनमै लगाएको भएपनि खोप आउन ढिला भएको […]

आपतमा रगत जुटाइदिने भरतपुरका युवा ‘एकान्तप्रेमी’

भरतपुर, २८ साउन । मध्यराती मोबाइलमा घण्टी बज्यो । फोनमा बोल्ने मान्छेले रुँदै भनिरहेका थिए, ‘लौ न हजुर, ए पोजिटिभ रगत चाहियो ।’ पहिलो लकडाउन अर्थात् २०७६ चैतको कुरा हो यो । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत बिरामीलाई रगत चाहियो भन्दै फोन आएपछि उनी जानलाई तयार भए । तर सवारीसाधन थिएन । उनले एम्बुलेन्स मगाए […]

अन्योलमा जनगणना २०७८, जिल्ला कार्यालयहरूमा काम ठप्प

काठमाडौँ २८ साउन । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय […]

लुम्बिनी प्रदेशमा २४ घण्टा भित्र सरकार गठन गर्न आव्हान

भरतपुर, २८ साउन । लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन् । ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई […]