भारतबाट आउन बाँकी रहेको खोप चाँडै प्राप्त हुनेछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, २८ श्रावण ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भारतबाट खरिद गरिएको २० लाख डोजमध्ये बाँकी १० लाख डोज कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप चाँडै प्राप्त हुने बताएका छन् । अघिल्लो सरकारले उक्त खोपका लागि रकम भुक्तानी गरिसकेको छ ।

मन्त्री श्रेष्ठले खोपको दुरुपयोग गर्ने वा तोकिएका व्यक्तिलाई नदिएर भण्डारण गर्नेलाई कारबाही गर्न आफूले गृहमन्त्रीलाई आग्रह गरेको पनि जानकारी गराएका छन् । उनले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकाले यसमा सरकारले लगानी वृद्धि र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वका विषयमा आफ्नो वक्तव्यमाथि सांसदहरूका प्रश्नका जवाफ दिने क्रममा उनले अबका दिनमा स्वयंसेवक परिचालन गरी गाउँ र नगरस्तरीय खोप केन्द्र सञ्चालन गरिने पनि जानकारी दिए ।

यस्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्दा महामारी फैलिन सक्ने भएकाले परीक्षा स्थगन गरिएको उनले बताए । अनलाइन माध्यमबाट खुला परीक्षाजस्ता विकल्पमा ती परीक्षा सञ्चालन गर्न सकिने उनको भनाइ थियो । धेरैजसो अस्पतालमा अक्सिजन प्लान्ट राख्ने नीति लिएको र सोका लागि निजी अस्पतालले चाहेमा ५० प्रतिशत रकम अनुदान दिइने समेत उनले बैठकलाई जानकारी गराएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट