लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

भरतपुर, २८ साउन ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

आजै मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख शेरचनले शपथ खुवाएका हुन् । शपथ लिनेहरूमा कांग्रेसका तर्फबाट डिल्ली चौधरी (शहरी तथा ग्रामीण विकासमन्त्री), माओवादी केन्द्रबाट कृष्णध्वज खड्का (आर्थिक मामिला तथा योजनामन्त्री) र जनता समाजवादी पार्टीबाट सहसराज यादव (भौतिक पूर्वाधारमन्त्री) रहेका छन् । यस्तै स्वतन्त्र सांसद अजय शाहीले (बिनाविभागीय) पनि मन्त्री पदको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीकै पुर्मती डेंगा र सुमन शर्मा रायमाझी (दुवै बिनाविभागीय) पनि मन्त्रिपरिषद्मा चयन भएका छन् ।

(इकान्तिपुर डट कमको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट