बेटर चितवनको ‘बेटर युथ अर्वाड’ द्वारा पाँच जना युवा सम्मानित

भरतपुर, २८ साउन।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक संस्था बेटर चितवनको ‘बेटर युथ अर्वाड’ द्वारा पाँच जना युवा सम्मानित भएका छन् । संस्थाले कोभिड १९ प्रकोपको समयमा विभिन्न तवरबाट मानवीय सेवामा योगदान गर्ने  युवाहरुलाई बिहीबार सम्मान गरेको हो ।
सम्मानित हुनेमा युवा अभियन्ताहरु डा. सुवास बस्नेत, सिम्रीन काफ्ले, दिवाकारराज श्रेष्ठ, डा. आविष्कार चापागाईं र कृष्ण शर्मा ‘एकान्तप्रेमी’ छन् । सम्मानित युवालाई बेटर चितवनका संयोजक विमोचन आचार्य र अभियन्ता समुन्द्र भट्टराईले सम्मानपत्र सहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।
हरेक वर्ष युवा दिवसको अवसरमा प्रदान गरिने कार्यक्रमबाट यो वर्ष कोरोना महामारी जस्तो विपतमा संक्रीय रुपले भूमिका खेल्ने युवालाई सम्मान गरिएको बेटर चितवनका संस्थापक अध्यक्ष ई.सागर कार्कीले जानकारी दिए । रेडियोलोजिष्ट डा. सुवास बस्नेतले युवा उमेरले मात्रै नभएर नवीनतम र रचनात्मक सोचले हुने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट