तीजको संघारमा भुवन प्यासीले ल्याए मखमली

भरतपुर, २८ साउन ।
हरितालिका तीजको अवसर पारेर नेपाली गीत/संगीत क्षेत्रका चर्चित गायक भुवन प्यासीले मखमली बोलको गीत सार्वजनिक गरेका छन् ।

शंकर अधिकारी ‘घायल’को शब्द, भुवन प्यासीको संगीत र स्वर एवं एलिना चौहानको समेत आवाज रहेको गीत छोटो समयमा नै दर्शक अनि श्रोतामाझ लोकप्रिय भैसकेको छ ।

२०६० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा आएका गायक प्यासीले हालसम्म ८ वटा एकल एल्बम बजारमा लिएर आइसकेका छन् । ६ वटा नेपाली कथानक चलचित्रमा गीत गाइसकेका प्यासीले स्वदेशदेखि विदेशसम्म आफ्नो आवाज प्रस्तुत गरिसकेका छन् । आधुनिक, पप, चलचित्र अनि राष्ट्रिय भावनाले ओतप्रोत विभिन्न गीत गाइसकेका प्यासी संगीतकार समेत हुन् । उनले कोरोना कहरसँग सम्बन्धित गीतका अलावा कृषि क्षेत्रसँग सम्बद्ध गीत समेत गाइसकेका छन् ।

हरेक किसिमका गीत गाउन सक्ने क्षमता भएका प्यासी आफ्नो गीतको म्युजिक भिडियोमा आफै मोडेलिङ गर्ने गर्दछन् । समयसापेक्ष गीत सार्वजनिक गर्न मन पराउने प्यासीले यसपालिको तीजको सेरोफेरोमा तीज गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । छोटो समयमा नै धेरै भ्युज आएपछि हौसिएका प्यासी दशैँ अगाडि ‘इंगेजमेन्ट गरौंला’ बोलको गीत बजारमा ल्याउने तयारी गर्दैछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट