लुम्बिनी प्रदेशमा २४ घण्टा भित्र सरकार गठन गर्न आव्हान

भरतपुर, २८ साउन ।
लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपरान्ह ३ बजे भित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुख ज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता एवं सचिव चिरञ्जीवी पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट