आश्रमका बालिकालाई क्यान्सर सचेतना

भरतपुर, १६ साउन । देवघाटस्थित बालिका आश्रममा रहेका बालिकाहरूलाई क्यान्सर बारे सचेतना जानकारी दिइएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्च र ग्रिनतारा नेपालको संयुक्त आयोजनमा रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)का बालिकाहरुलाई लक्षित गरी क्यान्सर सचेतना कार्यक्रम गरिएको हो । सचेतना कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रसुति शाखा प्रमुख सिनियर नर्स रेनु सुवेदी राउतले […]

सिद्धिविनायक माविमा वृक्षरोपण

भरतपुर, १६ साउन । भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनीस्थित सिद्धिविनायक माविमा वृक्षरोपण गरिएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजना तथा रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउन र इन्ट्रयाक्ट क्लबको समन्वयमा शनिबार वृक्षरोपण गरिएको हो । विद्यालय परिसरको खाली ठाउँमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । रोटरी क्लबको विभिन्न सेवामुलक क्षेत्रहरु […]

कवि विप्लव प्रतीक र सपनीमा ऐँठन हुने त्यो रात

भरतपुर, १६ साउन । मनसुन सक्रिय छ । झरी झरिरहेकै छ । साउने झरी यो वर्षमात्र होइन, वर्षौंदेखि यस्तै छ । झरीसँगै तटीय क्षेत्रमा बसोबास गर्नेहरुको मन रुझेको छ, रोएको छ । नारायणगढ पनि त तटीय बजार हो । यहाँ झरीसँगै निदाएको रात धेरैलाई सपनीमा ऐँठन हुन्छ । यस्तै ऐँठन भयो ३३ वर्षअघि नारायणगढ बजारको […]

एमाले नेता नेपाल : ‘राजतन्त्र फर्किँदैन, फेरि प्रधानमन्त्री बन्न कसैले जालझेल नगरोस्’

काठमाडौँ, १६ श्रावण । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिएका हुन् । राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने पनि नेपालको भनाइ थियो । “जनता नै सच्चा हिरो हुन् […]

चितवनमा करिब ३१ हजारले लगाए जेन्सेन खोप

भरतपुर, १६ श्रावण । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत चितवन जिल्लामा साउन १४ र १५ गते ३१ हजार ६०६ जनाले जेनसेन खोप लगाएका छन् । जोन्सन एण्ड जोन्सन नामक अमेरिकी कम्पनीद्वारा निर्मित उक्त खोप एक मात्रा मात्रै लगाए पुग्ने खोप हो । सोसँगै जिल्लमा थप ३१ हजार ६०६ जनाले पूरा मात्राको खोप लगाएका छन् […]

चितवनका अस्पताल तथा आइसोलेसनमा २१० जना संक्रमितको उपचार हुँदै

भरतपुर, १६ श्रावण । स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २१० पुगेको छ । हाल अस्पतालका आइसीयु कक्षमा ६८ जना, एचडीयू कक्षमा ५४ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् […]

चितवनमा एकै दिन १४३ जना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

भरतपुर, १६ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२३ जनामा पीसीआर तथा २० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले शनिबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ६३४ जनाको स्वाब संकलन […]

भारतमा थप ४१ हजार ६४९ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १६ साउन । भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख आठ हजार ९२० जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै […]

देवघाटमा रेबिजले गाई मरे

भरतपुर , १६ साउन । भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ । महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् । मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए । […]

मन्त्रिपरिषद् विस्तारमा सकस, देउवा – प्रचण्ड निरन्तर भेटघाटमा

भरतपुर, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । सत्ता सहकार्यका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप गरिरहेका छन् । यसैबीच प्रधानमन्त्री देउवा र प्रचण्ड बीच भेटवार्ता भएको छ […]

लायन्स र लियो क्लबद्वारा बागेश्वरीमा वृक्षरोपण

भरतपुर, १६ साउन । भरतपुरको बागेश्वरी क्षेत्रमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । आयुर्वेदिक औषधिजन्य जडिबुटी एवम् विरुवाहरू रोपिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्वअध्यक्ष एवम् डिष्ट्रीक्ट ३२५ बि२ का डिष्ट्रीक्ट चिफ नेत्र आचार्यले जानकारी दिए । `कुल १५० वटा […]

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौँ, १६ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । […]

कति आयो खोप, कति आउँदै छ ?

भरतपुर, १६ साउन । सरकारले आगामी चैत्र महिनाभित्र देशका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी देशमा खोप भित्र्याउन सरकार पूर्ण रुपमा लागि परेको जानकारी दिएका हुन् । आगामी असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० डो खोप […]

कोरोनाको तेस्रो लहरको तयारी, देशभर १८० भेन्टिलेटर र १४०० एचडीयु बेड थपिँदै

भरतपुर, १६ साउन । कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बालबालिकाहरूका लागि १८० भेन्टिलेटर सहितको २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो । केही दिन अगाडि नै असोज दोस्रो सातादेखि […]