कति आयो खोप, कति आउँदै छ ?

भरतपुर, १६ साउन ।
सरकारले आगामी चैत्र महिनाभित्र देशका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी देशमा खोप भित्र्याउन सरकार पूर्ण रुपमा लागि परेको जानकारी दिएका हुन् ।

आगामी असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० डो खोप नेपाल आइसक्ने दावी स्वास्थ्य मन्त्रालयको छ । हालसम्म २४ लाख ४८ हजार कोभिशिल्ड खोप नेपाल आएको मन्त्रालयले जनाएको छ ।

जसमा भारत सरकारको अनुदानमा दिएको १० लाख, नेपाली सेनालाई आएको १ लाख, भारतको सेरम इन्स्टिच्युटबाट किनिएको गरिएको १० लाख, तथा गाभी कोभ्याक्सबाट प्राप्त ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप आएको छ ।

शुक्रबारसम्म ५८ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिएका छन् । जसमा दुई पटक गरी चीनले अनुदानमा १८ लाख डोज भेरोसेल खोप दिएको छ ।

यसपछि चीनको सिनोफार्म कम्पनीसँग खरिद गरिएकामा हालसम्म ४० लाख भेरोसेल खोप नेपाल आइसकेको छ ।

२०७८ आषाढ २४, श्रावण ७, ८, १० र १५ गते गरी खरिद गरिएका ४० लाख डोज खोेप चीनबाट आएको हो ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको जोनसन एण्ड जोनसन खोपको १५ लाख ३४ हजार ८५० डोज पनि नेपाल आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यी सबै गरी साउन १५ गते सम्म नेपालमा जम्मा ९७ लाख ८२ हजार ८५० डोज कोरोना खोप भित्रिएको छ ।

अब आउने खोपमा चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाबाट जापानले दिने १६ लाख डोज खोप छिट्टै आउँदै छ ।

त्यसपछि भारतसँग खरिद गरिएको २० लाख डोज मध्ये बाँकी १० लाख डोज कोभिशिल्ड खोप पनि छिट्टै आउने प्रवक्ता पौडेलले बताएका छन् ।

आउन बाँकी र प्रक्रियामा रहेका खोप असोज मसान्तभित्र आइसक्ने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । यति खोप आइसम्दा नेपालमा १ करोड ८३ लाख ८२ हजार ८५० डोज भित्रिने छ ।

१२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउनका लागि पनि पहल भइरहेको छ ।

कोभ्याक्स सुविधाबाट आउने बाँकी खोप तथा खरिद र विभिन्न माध्यमबाट गरी आगामी चैत्रभित्र सबैलाई पुग्ने गरै खोप आउने मन्त्रालयको दावी छ ।

नेपालमा २०७७ माघ १४ गतेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट