भरतपुर, १६ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनीस्थित सिद्धिविनायक माविमा वृक्षरोपण गरिएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजना तथा रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउन र इन्ट्रयाक्ट क्लबको समन्वयमा शनिबार वृक्षरोपण गरिएको हो ।
विद्यालय परिसरको खाली ठाउँमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । रोटरी क्लबको विभिन्न सेवामुलक क्षेत्रहरु मध्ये वातावरण संरक्षणमा रोटरीको भूमिका अन्तरगत वृक्षरोपण गरी विद्यालयलाई हरियाली एवम् स्वच्छ बनाउन आँप, लिची, कागतीलगाएतका उन्नत जातका विरुवाहरु रोपिएको क्लबका अध्यक्ष राजेश्वर खनालले जानकारी दिए ।
रोटरियन एवम् वृक्षरोपण कार्यक्रम संयोजक विराट घिमिरेले रोपिएका बिरुवालाई संरक्षण गरिदिन विद्यालयलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम बोहोराले वृक्षारोपण कार्यक्रम गर्न आफ्नो विद्यालयलाई रोजाइमा पारेकोमा खुसी हुँदै यी विरुवाको संरक्षण गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव कोईराला, क्लबका सचिव रोटरियन अनोज पन्त, रोटरीयनहरु अशोक श्रेष्ठ, विक्रम केसी, कृष्ण दाहाल, परमेश्वर भण्डारी, विष्णु पौडेल, भुपेन्द्र श्रेष्ठ, आकाश पौडेल, उपेन्द्र पौडेलसहित रोट्र्याक्ट र इन्ट्रयाक्ट क्लबका पदाधिकारीहरुको उपस्थिति थियो ।




