भरतपुर, १६ साउन ।
भरतपुरको बागेश्वरी क्षेत्रमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लियो क्लब अफ नारायणगढ बालकुमारीको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
आयुर्वेदिक औषधिजन्य जडिबुटी एवम् विरुवाहरू रोपिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्वअध्यक्ष एवम् डिष्ट्रीक्ट ३२५ बि२ का डिष्ट्रीक्ट चिफ नेत्र आचार्यले जानकारी दिए । `कुल १५० वटा बिरुवा रोपेका छौँ´ आचार्यले भने- `अमला, गुर्जो, हर्राे, बर्राे, रुद्राक्षलगायतका ओखतीजन्य बिरुवाहरू रोपेका हौँ´ ।
बागेश्वरी क्षेत्र धार्मिक र ऐतिहासिक महत्त्वको क्षेत्र हो । यहाँ प्राकृतिक चिकित्सालय पनि रहेकोे छ । यो क्षेत्रको महत्त्वलाई आत्मसात गर्दै औसधिजन्य जडीबुटी र बिरुवाहरू रोपिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष ध्रुव पौडेलले बताए ।
वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारी डिष्ट्रीक्ट ३२५ बि२ का एरिया चिफ बालगोपाल चुके, लियो क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष जायश्वर आचार्यसहित लायन्स र लियोका प्रतिनिधिहरूको उपस्थिति थियो ।
साथै सो अवसरमा लियो क्लब अफ नारायणगढ बालकुमारीको आन्तरिक पदस्थापन कार्यक्रम सम्पन्न भयो । क्लबका अध्यक्ष जायश्वर आचार्यले वर्ष २०२१ का अध्यक्ष रिचेन्द्र पण्डितलाई पद हस्तान्तरण गरेका हुन् ।




