आश्रमका बालिकालाई क्यान्सर सचेतना

भरतपुर, १६ साउन ।
देवघाटस्थित बालिका आश्रममा रहेका बालिकाहरूलाई क्यान्सर बारे सचेतना जानकारी दिइएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्च र ग्रिनतारा नेपालको संयुक्त आयोजनमा रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)का बालिकाहरुलाई लक्षित गरी क्यान्सर सचेतना कार्यक्रम गरिएको हो ।

सचेतना कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रसुति शाखा प्रमुख सिनियर नर्स रेनु सुवेदी राउतले महिलाहरुमा हुनसक्ने विभिन्न खाले क्यान्सरहरुको जानकारी र त्यससँग जोगिन सक्ने उपायका बारेमा बताइन् । त्यस्तै भरतपुर सरकारी अस्पतालमा कार्यरत सिनियर नर्स सरुमाया गुरुङले महिलाहरुले स्वास्थ्यमा अपनाउनु पर्ने महत्वपूर्ण जानकारीका बारेमा प्रष्ट्याएकी थिइन् ।

क्यान्सर सचेतना कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सुधा सुवेदी पौडेल, कोषाध्यक्ष दीपा न्यौपाने, रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल, अध्यक्ष साबित्री टण्डन, महिला उद्यमीहरु राधा शर्मा पौडेल, गीता पौडेल, दीपिका खड्गी, चितवन ग्रिन लायन्स क्लवका अध्यक्ष एवं आश्रमका सञ्चालक समिति सदस्य गुणराज दाहाल, कायाकैरन मिडिया नेटवर्क प्रालिकी अध्यक्ष शिरिषा सापकोटा, चितवन पोष्टकी सुमित्रा कँडेल सापकोटालगायतको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट