चितवनका अस्पताल तथा आइसोलेसनमा २१० जना संक्रमितको उपचार हुँदै

भरतपुर, १६ श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले शनिबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २१० पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ६८ जना, एचडीयू कक्षमा ५४ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ८८ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये १४ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा १०४, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ५८, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा १४ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि ११ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा ६ जना, कालिका नगरपालिका केन्द्रमा ७ जना तथा इच्छाकामना गाउँपालिका केन्द्रमा २ जना संक्रमित राखिएका छन् । अन्य स्थानीय तहका आइशोलेसन भने खालि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार छ जना संक्रमितको भरतपुर अस्पतालमा तथा एक जनाको सीएमएस शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकामध्ये चार जना चितवनका हुन् । यस्तै दुई जना मकवानपुर तथा एक जना मृतक नवलपरासीको भएको कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ३८ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट