धनगढी झडपमा १३ प्रहरी घाइते

धनगढी, ५ साउन धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् । वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि […]

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, ५ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री खनालसँग टेलिफोन वार्ताका क्रममा सो कुरा बताउनुभएको हो । अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न […]

कालीगण्डकी डाइभर्सन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ, ५ साउन सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाँझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको आदेशमा फरक राय प्रस्तुत गरी राय बाँझिएपछि उक्त विवादको सुनुवाइ पूर्ण इजलासमा पुनः सुनुवाइ हुने भएको हो । न्यायाधीश फुँयालले उक्त आयोजना प्रभावित हुने गरी आयोजनाको […]

लायन्स क्लब अफ दलदले स्थापना

देवचुली, ५ साउन ।                                            लायन्स क्लव अफ दलदलेले एक कार्यक्रम गर्दै क्लव स्थापना तथा संस्थापक समितिको घोषणा गरेको छ । लायन्स क्लव अफ नारायणगढ बालकुमारीको प्रायोजनमा ४ जुलाई २०२१ मा नै अन्तर्राष्ट्रिय लायन्स क्लव […]

भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

भरतपुर ५ साउन । भरतपुरका महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका साइकल वितरण गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका वडा नम्वर १० को आयोजनामा वडामा कार्यरत १३ जना महिला स्वास्थ्य स्वयंसेविकासहित कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई साइकल प्रदान गरिएको हो । वडामा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहाल ,उपप्रमुख पार्वती शाह ठकुरी र वडाअध्यक्ष अरुणपिडीत भण्डारीले साइकल […]

रंगशाला निर्माणमा मलेशियाबाट नेपालीहरुको आर्थिक सहयोग

भरतपुर ५ साउन । भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मलेशियाबाट नेपालीहरुले सहयोग गरेका छन् । मलेशियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले रंगशाला निर्माणका लागि ४ लाख ३ हजार २८८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनीहरुले धुर्मुस सुन्तली फाउण्डेशनको बैंक खातामा उक्त रकम पठाएका हुन् । रकम सहयोग सँगै रंगशालाको प्याराफिटको ३ वटा […]

एसइइको नतिजा नआउँदै भर्ना नलिन भरतपुर महानगरको आग्रह

भरतपुर ५ साउन । माध्यमिक तह उत्तीर्ण परीक्षा एसइइको नतिजा प्रकाशन नहुँदैँ कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना सुरु गरिसकेको अभिभावकहरुको गुनासो आएकोले एसइइको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह […]

तनहुँको अकलादेवी मन्दिरको मूर्ति चोरियो

तनहुँ, ५ श्रावण । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित अकलादेवी मन्दिरको मूर्ति चोरी भएको छ । सोमबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोडेर मूर्ति लगायतका सामान चोरी गरेका हुन् । पृथ्वी राजमार्गसँगै रहेको प्रसिद्ध धार्मिकस्थलका अकलादेवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी भएको मन्दिर विकास तथा व्यवस्थापन […]

शहीद चोक – धर्म चोक सडकको मर्मतमा कछुवा गतिको प्रगति

भरतपुर, ५ श्रावण । भरतपुर महानगरपालिकाको शहीद चोक–धर्म चोक–कचपचे चोक सडकको मर्मत थालिएको लगभग तीन वर्ष पूरा भएको छ । महानगरीय रिंग रोड तथा लिंक रोडको प्याकेज नं २ अन्तर्गत थालिएको सो सडकको मर्मतको कार्य २०७७ आषाढ मसान्तभित्रै सक्नुपर्ने थियो । तर ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गरिदिँदा तथा सरकारी निकायबीच समन्वय नहुँदा सडकको मर्मत कार्य […]

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

काठमाडौं, ५ साउन कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसअघि […]

कोरोना सङ्क्रमण बढ्दै, थप २५ को मृत्यु

काठमाडौँ, ५ साउन नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ । पछिल्लो […]

वर्षाले १३ वटा ठूला सडक अवरुद्ध

 काठमाडौँ, ५ साउन असारदेखि निरन्तर वर्षाका कारण हाल १३ सङ्घीय सडक अवरुद्ध बनेका छन् । असारयता १३२ सडक अवरुद्ध भएकामा ७३ सडक हाल एकातर्फबाट मात्रै सुचारु रहेको सडक विभागले जनाएको छ । दैलेख जिल्लामा कर्णाली राजमार्गका जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा सडक आज अवरुद्ध बनेको छ । रसुवा जिल्लाको ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक असार २७ गते अवरुद्ध भएकामा अझै खुल्न […]

थामियो नेप्से, बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब

काठमाडौँ, ५ साउन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा […]

सहकारी क्षेत्रलाई खोपमा प्राथमिकता दिइनेछ : गृहमन्त्री बालकृष्ण खाँड

काठमाडौं, ५ श्रावण । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्त्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताएका हुन् । राष्ट्रिय सहकारी महासंघको सल्लाहकारसमेत […]

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

साउदी अरेबिया, ५ साउन साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा […]

२४ घण्टामा चितवनका अस्पतालमा ६ जना संक्रमितको मृत्यु

भरतपुर, ५ श्रावण । पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले मंगलबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्टका अनुसार भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा २ तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १ जना संक्रमितको ज्यान गएको हो । मृतकमध्ये […]

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ, ५ साउन -मिति २०७८ असार ३० गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । -मिति २०७८ असार ३१ गते नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । -मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता । […]

२४ घण्टामा चितवनमा १९० जना संक्रमित थपिए, ५ जनाको मृत्यु

भरतपुर, ५ श्रावण । पछिल्लो २४ घण्टामा चितवनका थप १९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५४ जनामा पीसीआर तथा ३६ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले मंगलबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणका लागि ८५३ जनाको स्वाब संकलन […]

सहकारीलाई खोप प्राथमिकतामा : गृहमन्त्री

काठमाडौँ, ५ साउन गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री […]

कांग्रेस महाधिवेशनमा डिजिटल भोटिङ

काठमाडौँ, ५ साउन नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले […]

एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

काठमाडौँ, ५ साउन नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वोच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको […]

दूधमा अनुदान पाएपछि भरतपुरका किसान पशुपालनतर्फ आकर्षित

चितवन, ५ साउन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ ।विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि […]

भारतमा थप ३० हजार ९३ नयाँ सङ्क्रमित

नयाँदिल्ली ५ साउन । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ । […]

भरतपुर महानगरको न्यायिक समितिले गरेका निर्णय सदर

भरतपुर ५ साउन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए । महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा […]

विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर

बागलुङ, ५ साउन विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र […]

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि

काठमाडौं, ५ साउन । सोमबारदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको हो । आज दिउँसाे ३ बजे बैठक बस्दै छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आजकाे बैठकले उनीहरुमाथि कारबाहीकाे […]

कक्षा १२ को परीक्षा मिति आज तोकिन सक्ने

काठमाडौँ, ५ साउन कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले सर्तसहित अनुमति दिएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित […]

मापदण्ड मिचेर प्रचण्डलाई थप सुरक्षाकर्मी

काठमाडौँ, ५ साउन सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो । अघिल्लो सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ […]

विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर

गण्डकी, ५ साउन कोरोना कहरका बाबजुद विभिन्न प्रक्रिया अपनाएर विद्यार्थीको कक्षोन्नति गरिए पनि माथिल्लो कक्षामा पुगेका विद्यार्थी भने अझै विद्यालय पुग्न पाएका छैनन् ।कोरोनाको महामारी बढिरहेका अवस्थामा सरकारले जिल्ला जिल्लामा घोषणा गरेको बन्दाबन्दीसँगै यसको डरका कारण विद्यालयले अझै भौतिकरुपमा विद्यार्थीलाई कक्षाकोठामा बोलाउन सकेका छैनन् । विद्यालय जानुपर्ने आफ्ना बालबच्चा घरमा नै रोकिनुपर्दा अभिभावकमा पनि चिन्ता […]

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, ५ साउन सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको […]