कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट

काठमाडौं, ५ साउन
कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।

होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने अर्यालले बताए । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट