सहकारी क्षेत्रलाई खोपमा प्राथमिकता दिइनेछ : गृहमन्त्री बालकृष्ण खाँड

काठमाडौं, ५ श्रावण ।

गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्त्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्त्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँडले भने, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्त्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्त्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।

(रासस)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट