भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

भरतपुर ५ साउन ।

भरतपुरका महिला स्वास्थ्य स्वयंसेविकाकाहरुका साइकल वितरण गरिएको छ । मंगलबार भरतपुर महानगरपालिका वडा नम्वर १० को आयोजनामा वडामा कार्यरत १३ जना महिला स्वास्थ्य स्वयंसेविकासहित कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई साइकल प्रदान गरिएको हो ।

वडामा एक कार्यक्रम गरि महानगर प्रमुख रेनु दाहाल ,उपप्रमुख पार्वती शाह ठकुरी र वडाअध्यक्ष अरुणपिडीत भण्डारीले साइकल हस्तान्तरण गरेका हुन् । साइकल वितरण कार्यक्रममा वडाअध्यक्ष एवं महानगरका प्रवक्ता भण्डारीले नागरिककको घरघरमा स्वास्थ्य सचेतना प्रदान गर्न जानुपर्ने महिला स्वास्थ्य स्वयंसेविकाका लागि सहजता प्रदान गर्न वडाको बजेटबाट  साइकल प्रदान गरिएकोे जानकारी दिए ।

महानगरमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल विकास गर्न महानगरले निरन्तर काम गरिरहेको र अहिले पनि वडामा कार्यरत महिला स्वयंसेविकालाई साइकल प्रदान गर्न पाउदा धेरै खुसि लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
मेयर दाहालले महिला स्वास्थ्य स्वयंसेविकाको लागि चाडपर्व भत्ता प्रदान गर्ने देखि अन्य आवश्यक चिजहरु उपलब्ध गराउन आफुहरु तयार रहेको बताइन । यस्तै उपमेयर पार्वती शाह ठकुरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि वडाबाट, महानगरबाट सबै तिरबाट आफुहरुले सहयोगका कार्यक्रम अगाडी बढाएको बताइन् ।
वडाले नगरवासीको घरदैलोमा जान सहजताका लागि साइकल वितरण गरेर आफुहरुलाइ थप उर्जा प्रदान गरेको भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल विकास संस्थाकी सचिव शान्ति घिमिरेल बताइन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट