२४ घण्टामा चितवनका अस्पतालमा ६ जना संक्रमितको मृत्यु

भरतपुर, ५ श्रावण ।

पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले मंगलबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्टका अनुसार भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा २ तथा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा १ जना संक्रमितको ज्यान गएको हो ।

मृतकमध्ये पाँच जना चितवनका हुन् भने अन्य एक मकवानपुरका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ३३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार हाल जिल्लाका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ६५ जना, एचडीयू कक्षमा ४० जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ९६ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये ११ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ९७, चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा ५२, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) अस्पतालमा ९ तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि ९ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ९४४ वटा शैया छुट्याइएका छन् ।

हाल राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले सञ्चालन गरिरहेको आइशोलेसन केन्द्रमा संक्रमित छैनन् । जिल्लाका अन्य ५ वटा स्थानीय तहका आइशोलेसन केन्द्रमा २६ जना संक्रमित राखिएका छन् । माडी आइशोलेसन केन्द्रमा १ जना, खैरहनी केन्द्रमा ६ जना, भरतपुरमा ८ जना तथा कालिका केन्द्रमा ६ जना संक्रमित राखिएका छन् । यस्तै रत्ननगर नगरपालिकाको आइशोलेसन केन्द्रमा ५ जना संक्रमित राखिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट