तनहुँको अकलादेवी मन्दिरको मूर्ति चोरियो

तनहुँ, ५ श्रावण ।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ स्थित अकलादेवी मन्दिरको मूर्ति चोरी भएको छ । सोमबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोडेर मूर्ति लगायतका सामान चोरी गरेका हुन् ।

पृथ्वी राजमार्गसँगै रहेको प्रसिद्ध धार्मिकस्थलका अकलादेवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी भएको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको गजुर भने सुरक्षित रहेको जनाइएको छ । मंगलबार बिहान पुजारी मन्दिरमा नित्य पूजाका लागि जाँदा मन्दिरको मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापालाई उद्धृत गर्दै इकान्तिपुर डट कमले लेखेको छ ।

प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको बताएको छ । थापाले भने, “लाखौं भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट