रामलालको सखी चर्चा

लेखराम सापकोटा ‘ऐना’ उपन्यास मदन पुरस्कारको मनोनयनमा परेपछि धनगढीका रामलाल जोशीको चर्चा एकाएक चुलिँदै गयो । लगत्तै उनले सोही कृतिका लागि मदन पुरस्कार पनि प्राप्त गर्न सफल भए । त्यसपछि रामलाल जोशी नेपाली साहित्य जगतका राष्ट्रिय गहनाका रूपमा सुप्रसिद्ध छन् । ऐना सुदूरपश्चिमको कथा हो । त्यस भेकका मिठा, नमिठा कथानकका विभिन्न स्वादले कृति भरिएको […]

संस्मरणः मेरो पठनका प्रेरणा र उपलब्धी

उदय अधिकारी २०३६ सालतिरको माहोल । राजनीतिक परिदृष्य फेरिइरहेको समय । विद्यार्थी आन्दोलनले ल्याएको छाल र पञ्चायती व्यवस्थाविरुद्धको उभार । यी सबै घटनाहरुले प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको चितवनको शहर बन्न कोशिस गरिरहेको गाउँमा म हुर्किरहेको थिएँ । हाम्रो घर नयाँ राजनीतिक माहोलको केन्द्रजस्तो थियो । म थाहै नपाइकन राजाविरोधी भइसकेको थिएँ । जुलुसहरुमा हिँड्न, भाषण सुन्न […]

कांग्रेस चितवनमा ३ जना प्रवेश

भरतपुर, १९ माघ नेपाली कांग्रेस राप्ती नगर समितिले प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारका गतिविधिले लोकतन्त्र जोखिमा पर्न थालेको आरोप लगाएका छन् । उनले कांग्रेसले सरकारका गलत कामको खबरदारी गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिक स्तरमा निराशा छाएको बताए […]

रंगशालाको गृहघोषणा भोलि, चौबिसकोठीबाट बृहत ¥याली

भरतपुर, १९ माघ भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बृहत ¥यालीसहितको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि आइतबार गर्ने भएको छ । गत माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ । शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रमअनुसार रंगशाला […]

आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिन

१९ माघ । आज माघ १९ गते प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा स्मरण गरिदैछ । २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको […]

केसीद्वारा अनसन स्थगित

१९ माघ । डा.गोविन्द केसीले शुक्रबार साँझ अनसन स्थगित गरेका छन्। त्रिवि शिक्षण अस्पतालका कुचिकार अमृत पुजारी, पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिउँदै उनले १६ औं अनसन तोडेका हुन्। यो पटक उनले २४ औं दिनमा अनसन तोडेका हुन्।

लोथरदेखी दाउन्ने जोडेर विकास गर्नु पर्ने

रत्ननगर, १९ माघ लोथरदेखी दाउन्ने सम्मको क्षेत्रलाई जोडेर आर्थिक जोन बनाई विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् । रोटर क्लब अफ रत्ननगरले शुक्रबार रत्ननगरमा आयोजना गरेको पूर्वी चितवनको अवसर र चुनौती विषयक विचार गोष्ठीमा विज्ञहरुले यि क्षेत्रलाई जोडेर एकिकृत विकास गर्नु पर्ने सुझाव दिएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिय वाग्लेले लोथरदेखी […]

चित्रसेन वनको आम्दानी पौने २ करोड

रत्ननगर, १९ माघ रत्ननगर ८ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्ष २०७४÷०७५ मा करिव २ करोड आम्दानी गरेको छ । वनको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ करोड ८७ लाख ५५ हजार रुपैया आम्दानी गरेको जनाएको छ । गत वर्ष वनमा […]

बालबालिकालाई फुटबल खेलाडी बनाइदै

विप्लव काफ्ले भरतपुर, १९ माघ खैरहनी–१२ का छन्नुराम चौधरी पूर्व राष्ट्रिय÷अन्र्तराष्ट्रिय फुटबल खेलाडी हुन् । खेल जीवनमा उनले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट गोलकिपरका रुपमा खेले । साफ, एएफसी कप, एशियाली छनौट, विश्वकप छनौट तथा घरेलु लिग चरणका खेलमा उनले सहभागिता जनाए । तर, राष्ट्रिय लिगमा उनले निर्धारित समय भित्रै गोल गरेर चर्चामा आए । […]

पर्यटक भित्र्याउन सौराहामा फुडफेस्टिवल

धुवराज खनाल सौराहा, १९ माघ प्राकृतिक सौन्र्दयता चितवन सौराहाको विषेशता भन्ने मुल नाराका साथ यही माघको अन्तिम साता सौराहा फुडफेस्टिवल हुदैछ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन सौराहा क्षेत्रीय रेवानको आयोजनामा यस पटक १३ औं सस्करणको फेस्टिवल हुन लागेको हो । आयोजक सौराहा रेवानले शुक्रबार पत्रकार सम्मेलन गरि माघ २८ गतेदेखी फागुन ३ गते सम्म चल्ने […]

चितवनमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको मुख्यालय राख्न पत्रकार महिलाको माग

प्रमिता ढकाल भरतपुर, १९ माघ पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । पश्चिम चितवनको पटिहानीमा दुई दिनसम्म चलेको सम्मेलनले शुक्रबार घोषणपत्र जारी गरेको हो । १३ बुँदे घोषणापत्रमा सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगिकार गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको माग गरिएको छ […]

मिसन शाहसी अभियान अन्र्तगत चितवनमा २५ सय छात्रा प्रशिक्षित

भरतपुर, १९ माघ मिसन शाहसी अभियान अन्र्तगत चितवनमा २ हजार ५ सय छात्राहरुलाई प्रशिक्षित भएकाछन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सुरु गरेको अभियान अन्र्तगत चितवनमा करिव एक महिना प्रशिक्षण अवधीमा २ हजार ५ सय छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको हो । प्रशिक्षर्थीहरुलाई जुनियर प्रहरी अधिकृत शिक्षालयका कल्पना श्रेष्ठ, नारायण थापा, कुमार श्रेष्ठ, राधा भुसालले विद्यार्थीलाई तालिम […]

अब सबै शिक्षित ः सांसद पोखरेल

भरतपुर, १९ माघ चितवन क्षेत्र २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले नयाँ संविधानमा विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क गरेको भन्दै अब कोही पनि बालबालिका शिक्षा पाउनबाट बञ्चित हुन नपर्ने भएका छन् । प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सांसद पोखरेलले व्यक्ति शिक्षित भएमात्र समाज र देश शिक्षित हुने भन्दै सरकारले शिक्षामा […]

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

माडी, १९ माघ प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा चुलो भलिबल क्लव नारायणगढलाई ३–० को सेटमा नै पराजित गदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । सेमिफाईनलको पहिलो खेलमा चुलो क्लबलाई २५–२० […]

रत्ननगर घेदुङले ल्होछारमा शक्ति प्रदर्शन गर्ने

भरतपुर, १९ माघ नेपाल तामाङ घेदुङ रत्ननगर समितिले २८५५ फाग् ल्हो (बदेल बर्ग) सोनाम ल्होछारलाई शक्ति प्रदर्शनको रुपमा मनाउने भएको छ । ल्होछार तामाङ समुदायको महान चाड मात्र नभई एकजुट हुने र अस्तित्व जोगाउने राम्रो अवसर भएकाले ल्होछारमा नगरका तामाङ समुदाय एक गराउने योजना रहेको घेदुङका अध्यक्ष कृष्ण लामाले बताए । उनले सो दिनको एकतालाई […]

सरकारको विरोधमा नेविसंघद्वारा पुत्लादहन

भरतपुर, १९ माघ नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ चितवनले जिल्लामा सरकारको कार्यशैली प्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । शुक्रबार भरतपुरको बिभिन्न ठाउँमा प्रदर्शन गरेको छ । एक समुहले भरतपुरको चौबिसकोठीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नारायणगढको पुलचोक देखि लाईन्सचोक सम्म राँकेजुलुस निकालिएको छ । मैयादेवी कन्या कलेज बाट निस्किएका […]