चित्रसेन वनको आम्दानी पौने २ करोड

रत्ननगर, १९ माघ
रत्ननगर ८ मनहरामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्ष २०७४÷०७५ मा करिव २ करोड आम्दानी गरेको छ । वनको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा १ करोड ८७ लाख ५५ हजार रुपैया आम्दानी गरेको जनाएको छ ।
गत वर्ष वनमा हात्ती प्रवेश वापत ७५ लाख ८८ हजार, डुंगा प्रवेशबाट ९९ लाख ८५ हजार,व्याज आम्दानीबाट १० लाख ५१ हजार लगायत अन्य शीर्षकबाट आम्दानी गरेको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए । आम्दानी अनुसार सामुदायिक वनले वन संरक्षण, वन्यजन्तु संरक्षण, संरक्षण शिक्षा विकास तथा स्वास्थ्य, सामुदायिक विकास, पर्यापर्यटन व्यवस्थापन, बाटो निर्माणमा खर्च गरेको अध्यक्ष श्रेष्ठले बताए । आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ३५ लाख रुपैया आम्दानी गर्ने लक्ष्य लिएको छ ।
साधारण सभामा वनका पूर्व समिति, पूर्व परिषद सदस्यहरुलाई सम्मान गरिएको वनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख ऋषि रानाभाट, रत्ननगर ७ का वडाध्यक्ष राजन भट्ट, वनकी सचिव गीता थापा लगायतले मन्तव्य राखेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट